No.1 News Portal from Sudurpashchim Province
bajaj

आजदेखि गोकुलेश्वरमा आखा शिविर, सेवा दिनका लागि १५ जनाको टोली पुग्यो

गोकुलेश्वर । आज (शनिबार) दार्चुलाको गोकुलेश्वरमा आखा शिविर सञ्चालन भइरहेको छ । शिविरमा सेवा दिन १५ जनाको टोली यहाँ आइपुगेको छ । नेपाल नेत्रज्योति संघद्धारा संञ्चालित गेटा आखा अस्पतालले शैल्यशिखरको गोकुलेश्वरसहित दार्चुलाका तीन पालिकामा आखा शिविर संञ्चालन गर्ने भएको छ ।

pm office

गेटा आखा अस्पतालका प्रमुख मेडिकल निर्देशक सुरेशराज पन्तका अनुसार शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकाको सहकार्यमा गोकुलेश्वर, पस्ती र खलंगामा आखा शिविर संञ्चालन गर्ने तयारी भएको छ । गोकुलेश्वर माबिमा आज भदौ २५ गतेदेखि २७ गतेसम्म शिविर सञ्चालन हुने गेटा आखा अस्पतालका अप्टिकल असिस्टेण्ट नरेन्द्र बिष्टले बताउनुभयो ।

शिविरमा सहभागि भइ सेवाको मौका लिनुहुन आखाका रोगीहरुलाई आयोजनले अनुरोध गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.