
गोकुलेश्वर । दार्चुलामा डेंगुका विरामी बढ्न थालेका छन् । पछिल्लो समय तराई जस्तै यहाँ पनि दिनानुदिन फैलिरहेको पाइएको छ । जिल्ला अस्पताल दार्चुलाका अनुसार महिला पुरुष र बालबालिका गरी १४ जनामा संक्रमण भेट्टिएको छ । केहि दिन यता जिल्ला अस्पतालमा उपचारका लागि आउने विरामीहरुमा डेंगुको संक्रमण देखिन थालेको छ । यो रोग तराई देखि पडाही तथा हिमाली जिल्लाहरुमा समेत लामखुट्टेहरु आउने गरेका कारण डेंगुको संक्रमण भइरहेको पाइएको छ ।
