No.1 News Portal from Sudurpashchim Province
bajaj

लेकम–५ ले गर्यो चमत्कार, देशमै पहिलो वडा

गोकुलेश्वर । कहीँ कतै वडा कार्यलयले टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको सुन्नुभएको छ ? पहिलो पटक दार्चुलाको लेकम गाउँपालिका–५ ले वडामा टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ ।

pm office

जनताका सुझाव, सल्लाह र गुनासा सुन्न नेपाल टेलिकमको १६६०९३४२००१ नम्बरको टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको वडा अध्यक्ष बल्देबसिंह बोहराले जानकारी दिए । जनताको सहजता, जनताहरु सबैको सुझाब, सल्लाह, गुनासा र प्रतिक्रिया सुन्नका लागि टोल फ्रि नम्बर सेवा सुचारु गरिएको वडाअध्यक्ष बोहराले बताए ।

स्थानीय सरकार तथा वडा कार्यालय सञ्चालनमा सल्लाह, सुझाव, जिज्ञासा, गुनासो तथा समस्या भएमा सिधै निःशुल्क टोल फ्रि नम्बरमा सम्पर्क गर्न सकिने वडा कार्यालयले जनाएको छ ।

लेकम–५ टोल फ्रि नम्बर राख्ने देशकै पहिलो वडा हो, टोल फ्रि नम्बरमा फोन गर्दा पैसा खर्च हुँदैन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.