No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा यार्सागुम्बा संरक्षण तथा प्रशोधन केन्द्र स्थापना हुने

गोकुलेश्वर । दार्चुलाको मार्मामा यार्सागुम्बा संरक्षण तथा प्रशोधनका लागि केन्द्र स्थापना हुने भएको छ । उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूको उपस्थितिमा मन्त्रालय र गाउँपालिकाबीच आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । गाउँपालिकाका तर्फबाट अध्यक्ष जमनसिंह धामी र मन्त्रालयको तर्फबाट सहसचिव बाबुराम गौतमले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

pm office

मन्त्री बडूले दार्चुलामा यार्सागुम्बा संरक्षण, अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापना गर्दा यार्सा संकलक किसान, व्यापारी र समग्रमा राज्यलाई नै फाइदा पुग्ने बताउनुभयो । केन्द्र स्थापनाका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ मार्मा गाउँपालिकालाई दिने समझदारी पत्रमा उल्लेख छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मार्मा गाउँपालिकाबीच यार्सागुम्बाको संरक्षण तथा प्रशोधनका लागि केन्द्र स्थापना गर्ने समझदारी भएको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.