No.1 News Portal from Sudurpashchim Province
bajaj

लिगा फुटबलको उपाधिबाट बार्सिलोना ला बाहिरियो

गोकुलेश्वर। महत्वपूर्ण खेलमा पराजित भएसँगै बार्सिलोना ला लिगा फुटबलको उपाधिबाट बाहिरिएको छ । गएराति सेल्टा डी भिगोसँग २–१ ले पराजित भएसँगै बार्सिलोना उपाधिको दौडबाट बाहिरिन बाध्य भयो ।

pm office

२८ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ३८ र ८९ औँ मिनेटमा सान्टी मिनाले गोल गर्दै सेल्टा डी भिगोलाई जिताए । बार्सिलोनाको जम्मा ७६ अंक छ, अन्तिम खेलमा विजयी भएमा पनि उसको जम्मा ७९ अंक हुनेछ ।

यस्तै शीर्ष स्थानको एट्लेटिको मड्रिड र दोस्रो स्थानको रियल मड्रिडले आ–आफ्ना खेल जितेसँगै उपाधिको टुंगो अन्तिम खेलबाट मात्रै लाग्ने भएको छ । गएराति भएका खेलमा ओउसासुनालाई २–१ ले हरायो । यस्तै रियल मड्रिडले एट्लेटिको क्बललाई १–० गोलले हरायो । शीर्ष स्थानमा रहेको एट्लेटिका मड्रिडको ८३ अंक छ भने रियलको ८१ अंक छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.