No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा छोटो दूरीका सवारीको भाडा निर्धारण गरियो,कहाँ कति ?

गोकुलेश्वरदेखि रिठाचौपाता सम्म ३ सय ५० रुपैयाँ

गोकुलेश्वर।दार्चुलामा छोटो दूरीका सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गरिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको वहानामा यात्रुबाट मनोमानी भाडा लिएको भन्ने गुनासो बढ्दै गएपछि छोटो दूरीका सार्वजनिक यातायात जीपको नयाँ भाडादर निर्धारण गरिएको हो ।

जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको यातायात व्यवसायी र सरोकारवालाको सर्वपक्षीय बैठकले नयाँ भाडादर कायम गरेको हो ।

नयाँ भाडादर अनुसार खलंगादेखि गोकुलेश्वरसम्म प्रतियात्रु ४ सय ५०,खलंगा देखि मार्मा ८ सय,खलंगादेखि मकरीगाड १ हजार ५० र गोकुलेश्वरदेखि रिठाचौपाता सम्म ३ सय ५० रुपैयाँ तोकिएको छ ।

pm office

यसैगरी खलंगा—चल्लेगडा २ सय ५०,खलंगा—सलेती ३ सय ५०,खलंगा—जोलजिवि २ सय ५०,खलंगा—दल्लेख २ सय ५०,गोकुलेश्वर—धुलिगडा २ सय , गोकुलेश्वर—होपरीगाड ३ सय ५०,खलंगा—धाप ६०, खलंगा—दत्तु १ सय, खलंगा—मेलखेत १ सय ५०,खलंगा—शंकरपुर २ सय २५, खलंगा—ऐरीछाना २ सय ५० र खलंगा—मालिकार्जुनको गाडीभाडा ३ सय रुपैयाँ निर्धारण गरेको छ ।

बिहिवार निर्धारण गरिएको नयाँ भाडादर भदौ १७ गतेदेखि नै लागु हुने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । बैठकले क्षमताभन्दा बढी यात्रु बोक्ने लगायत ट्राफिक नियम उलंघनको निगरानी र कारवाही गर्ने निर्णय समेत गरेको छ ।
यस्तै सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारबाही गरिने र प्रत्येक सार्वजनिक यातायातमा भाडादर अनिवार्य रूपमा टाँस्नुपर्ने निर्णय समेत गरिएको छ । निर्णय कार्यान्वयन भए नभएकोबारे अनुगमन गरिने भएको छ ।

भाडादार हेर्नुहोस् ।

 

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.