No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलासहित सुदूरपश्चिममा गौरा सुरु

गोकुलेश्वर।दार्चुलासहित सुदूपश्चिम प्रदेशभर आज देखि गौरा पर्व सुरु भएको छ ।

पहिलो दिन आज पञ्चमी परेको छ । आज महिलाहरुले बिहानै स्नान गरी घर घरमा बिरुडा भिजाउने गर्दछन् ।

घरको एक कोठामा गाईको गोबरले लिपेर तामा—पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप—बत्ती बालेर पञ्च अन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर भगवान महेश्वरको आहृवान गर्ने कार्यलाई बिरुडा भनिन्छ।

pm office

आजको दिन महिलाहरुले माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउँछन् भने पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती)को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मंगल गीत गाउँदै घरमा ल्याएर राख्छन् ।

विवाहित महिलाले गौरा पर्वमा बर्त बसी कण्ठ सूत्र धारणा गर्नुपर्ने र पुरुष सरह गायत्री जप गरी भोजन ग्रहण गर्ने परम्परा छ ।

सप्तमीका दिन महिलाले दिनभरि व्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलन छ । सात गाँठो पारिएको दुर्वासहितको कण्ठ सूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुटृामा राख्ने गरिन्छ ।

अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतीमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतीमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबालीमा गौरा र महेश्वरलाई शिरमा राखेर नाँच्ने गर्दछन् ।

गौराको प्रसादका रूपमा बिरुडा आफन्तलाई प्रसादका रूपमा बाँडिने र भोलिपल्ट गौरा खेल्ने खेलाउनुका साथै देउडा गीत गाएर रमाइलो गर्ने चलन छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.