No.1 News Portal from Sudurpashchim Province
bajaj

बिगत ३ बर्षदेखि थुप्रिएको फोहोर उठाउन थाल्यो शैल्यशिखर सरकारले

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजारमा फोहोर उठाउन थालिएको छ । पुर्ववर्ती सरकारको पालादेखि थुपारिएको फोहोर बर्तमान सरकारले उठाउन थालेको हो ।

बजार तथा सडकमा थुप्रिएको फोहोर आजदेखि निरन्तर रुपमा उठाईने शैल्यशिखर नगरपालिकाले जनाएको छ ।

स्थानियहरुले फोहोर ब्यवस्थापनको माग गर्दा अहिलेको सरकारले माग सम्बोधन गर्दे बजार भरिको फोहोर ब्यवस्थापन गर्न सुरु गरेको हो ।

pm office

रुपसाल खोला, अस्पताल गल्ली, लगायत बजार भरि थुप्रिएको फोहोर उठाईन लागेको हो ।

अब बजार, सडक किनार र चोकहरूमा फोहोरका चाङ हुने छैन । यद्यपि, दैनिक रूपमा उत्पादन हुने फोहोर भने एक–दुई दिन होल्ड हुन सक्ने बताईएको छ ।

नक्तड स्थित सार्वजनिक बनमा बनाईएको डम्पिङ साईडमा बेलाबेला स्थानीयहरुले अवरोध गरेका कारण फोहोर उठ्न सकेको थिएन । तर नयाँ सरकारले बिबादित ठाउँमा फोहोर फाल्न नदिएपछि अहिले शैल्यशिखर–९ ठुलशैनीमा फोहोर ब्यवस्थापन गर्ने भएको छ ।

नगर प्रमुख बिजयसिंह धामी

“अब फोहोरको समस्या समाधान पक्का हुन्छ । हामीले फोहोर व्यवस्थापन गर्न कदम चालिसकेका छौँ । अब स्थानीयले पनि अवरोध गर्दैनन् भन्ने हामीले बिश्वास लिएका छौँ । हामी आज देखि निरन्तर रुपमा सबै ठाउँको फोहोर उठाउन सुरु गरिसकेका छौँ । ब्यवस्थापनमा सबैले सहयोग गर्न आग्रह गर्दछौँ” ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.