नेपाल विद्यालय कर्मचारी परिषद आन्दोलनका कारण दार्चुलाका सामुदायीक विद्यालय बन्द भएका छन् । निर्धारीत आन्दोलनका कार्यक्रम अन्तरगत आजदेखि सामुदायिक विद्यालयहरु बन्द गरिएका हुन् । सरकारले आफूहरुको राखेका ८ बुद्धे माग सम्बोधन गर्न बेवास्ता गरेकोले भदौ १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक विद्यालय बन्द गरिएको परिषदले जनाएको छ ।

विद्यालय कर्मचारी परिषदको आन्दोलनका कारण जिल्लाका सामुदायीक विद्यालयहरुमा पठनपाठन आइतवार पठन पाठन हुन सकेनन् । सामुदायीक विद्यालयका कर्मचारी आन्दोलनमा उत्रिएपछि विद्यालय बन्द भएका हुन् । विद्यालय कर्मचारी परिष्दले गरेको आन्दोलनमा कतिपय विद्यालयहरुले पत्र नै लेखेर आन्दोलनमा प्रतिवद्धता गरेको जनाएका छन् ।
विद्यालय बन्दका कारण विद्यार्थीका परीक्षासमेत रोकिएका छन् । यस्तै जिल्लाको शैल्यशिखर नगरपालिकाले भोलिदेखि विद्यालय खोल्न भनेको छ । आइतवार प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टद्धारा एक सूचना जारी गर्दै आइतवार नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरु बन्द भएको जनगुनासो आएकाले अब उपरान्त कुनै पनि बहानामा विद्यालय बन्द नगरी पठनपाठन संचालन गर्न भनिएको हो ।



