No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको एक मात्र बृद्धाश्रम ओम शान्तिमा ५ जना बृद्धबृद्धा

pm office

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा स्थित जिल्लाको एकमात्र बृद्धाश्रम हो ओम शान्ति । बि.सं. २०७३ सालमा स्थापना भएको सो बृद्धाश्रममा ५ जना बृद्धबृद्धा र १ जना कार्यालय सहयोगी सहित ६ जना रहेका छन् ।उक्त बृद्धमश्रममा रहेका बृद्ध बृद्धाहरु बिरामी रहेको पाइएको छ । कार्यलय सहयोगी मानमती पन्तका अनुसार जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ आगरका ७५ बर्षीय गौमती डाँगा, बैतडीको डिलाशैनी गाउपालिका वडा नम्बर ६ का अन्दाजी ७० बर्षीय गौरा माल, दोगडाकेदार गाँउपालिका वडा नम्बर ६ का राजमती ऐर, डिलाशैनी गाँउपालिका लेठ्ठेकोट नारु नाथ र बैतडीकै पञ्चेश्वर गाउपालिकाका एक जना बृद्ध रहेका छन् । बृद्धाश्रम रहेका गौमती डाँगाले अहिले सम्म पनि नागरीकता नपाएको गुनासो गरे ।

बृद्ध बृद्धाहरु बिरामी हुने गरेकाले नगरपालिकाबाट उपचारको ब्यवस्था गर्न कार्यालय सहयोगी पन्तले आग्रह गर्नुभएको छ । बृद्धाश्रममा सुरुमा २० जना रहेकोमा अहिले ५ जना रहेको कार्यालय सहयोगी पन्तले बताईन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.