गोकुलेश्वर। एसइइको ग्रेड वृद्धिका परीक्षा भोली देखि सुरु हुँदै । दार्चुलामा १ हजार ९ जना छात्र तथा १ हजार ६६ जना छात्रागरी २ हजार ७५ जना विद्यार्थीहरुले ग्रेड वृद्धि परीक्षा सहभागी हुने छन् ।

ग्रेड वृद्धिका लागि मालिकार्जुन नमुना मावि धाप, छन्ना तिंकरी कन्या मावि खलंगा, महेन्द्र नमुना मावि खलंगा (क), महेन्द्र नमुना मावि खलंगा (ख)र महेन्द्र नमुना मावि खलंगा(ग) केन्द्र गरी ५ केन्द्र तोकिएका शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जय राज पन्तले बताए ।
मालिकार्जुन नमुना मावि धापमा महाकाली नगरपालिकाका विद्यार्थी, छन्ना तिंकरी कन्या मावि खलंगाबाट शैल्यशिखर नगरपालिकाका , महेन्द्र नमुना मावि खलंगा (क),बाट व्याँस, मार्मा र लेकम गाउँपालिकाका परीक्षार्थी, महेन्द्र नमुना मावि खलंगा (ख) बाट नौगाड दुहुँ अपि हिमाल गाउँपालिकाका र महेन्द्र नमुना मावि खलंगा कै (ग) केन्द्रबाट मालिकार्जुन गाउँपालिकाका परीक्षार्थीले परीक्षा दिन पाउने छन्
परीक्षा विहान ८ बजे देखि संञ्चालन हुने छ । एक मात्र विषयको ग्रेड वृद्धि गर्नेको ११ गते र एक विषय भन्दा बढी विषयको ग्रेड वृद्धि गर्ने विद्यार्थीको परीक्षा ११ र १२ गते हुने बताईएको छ ।
