
बैतडी। जिल्ला भित्र संञ्चालनमा रहेका छोटो दुरीका सवारी साधनले अनिवार्य रुपमा यात्रुलाई टिकट दिनु पर्ने छ ।
यातायात व्यवसायीले टिकट नदिइ तोकिएको भन्दा बढी भाडा माग्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले बैतडीले भदौ १५ गतेबाट अनिर्वाय रुपमा सबै यातायातका सवारीसाधनले टिकट काटेर मात्रै यात्रु बोक्नुपर्ने निर्णय गरेको छ ।
१५ गतेपछि टिकट नकाटेर यात्रुलाई बोकेको खण्डमा सवारीसाधनलाई तत्काल कारवाहीका लागि सुरक्षाकर्मीलाई निर्देशन समेत दिएको छ ।
