No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुला कांग्रेसको ‘जनताको साथमा कांग्रेस’ अभियान कहिलेबाट हुने ? हुने

दार्चुला । नेपाल कांग्रेस दार्चुलाले यहि भदौ १० गते देखी २४ गते सम्म जिल्लाका सबै स्थानिय तहका सबै वडाहरुमा ‘जनताको साथमा कांग्रेस’ अभियान संचालन गर्ने भएको छ ।

pm office

         नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले गरेको निर्णय अनुसार दार्चुला कांग्रेसले अभियान संचालन गर्न लागेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । पहिलो चरणमा भदौ १० देखी २४ गते सम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरणमा प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता पछि अभियान संचालन गरिने उहाले बताउनुभयो । अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने, जनताको घर आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन सुन्ने जनताको भावना बुझ्ने, जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरु बारे जनता संग विविध ढंगले अन्तरक्रिया गर्ने लगायतका उद्देश्यले अभियान संचालन गरिन लागेको सचिव कार्कीले जानकारी दिनुभयो ।

               भदौ १० गते महाकाली नगरपालिका वडा नम्बर ६ र ७ बाट अभियानको थालनी गरिने उहाको भनाई छ । अभियान जिल्लाका नौ वटै स्थानिय तहका ६१ वटै वडाहरुमा संचालन गरिने बताइएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.