No.1 News Portal from Sudurpashchim Province
bajaj

ब्याँसले एकल पुरुष र नि–सन्तान दम्पतीलाई मासिक सामाजिक सुरक्षा भत्ता कति दिने ?

गोकुलेश्वर । दाचुृलाको ब्याँस गाउँपालिकामा एमालेको घोषणा पत्र र चुनावमा गरेको वाचा अनुसार एकल पुरुष र नि–सन्तान दम्पतिलाई सामाजिक स्वरुप मासिक ५ सय रुपैयाँ सुरक्षा प्रदान हुन लागेको ब्याँस गाउँपालिका प्रवक्ता उपेन्द्र सिह धामीले बताए ।

pm office

४५ वर्ष पूरा भएका विवाह नगरेका वा श्रीमतीको मृत्यु भई अर्को कुनै विवाह नगरेका एकल पुरुष तथा ४५ वर्ष पूरा भएका नि–सन्तान दम्पती दुबै जनालाई संघीय सरकारको भत्ता लागु नहुँदा सम्म मासिक रुपमा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरिएको उनले बताए ।

बुधबार वडा नं ६ हुतीमा बसेको कार्यपालिका बैठकले ब्याँस गाउँपालिकाको स्थानीय सामाजिक सुरक्षा भत्ता कार्यविधि २०७९ पारित गरेको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.