No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा मिटर ब्याज पीडित नभएकै हुन त ? एउटा परेन उजुरी

गोकुलेश्वर। दार्चुलामा एक जना मिटर ब्याजी विरुद्ध पनि उजुरी परेको छैन् । सरकारले साउन २८ गते एक सूचना प्रकाशित गरी भदौ ५ गतेभित्र यथासम्भव बढी तथ्य प्रमाण सहित उजुरी दर्ता गर्न देशभरका मिटर ब्याज पीडितलाई आह्वान गरेको थियो ।

pm office

जिल्लामा मिटर ब्याज सम्बन्धी कुनै उजुरी नपरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उनले भने,‘ हामीकहाँ साउन २८ गतेदेखि भदौ ५ गतेसम्म मिटर ब्याजी विरुद्ध एउटा पनि उजुरी आएको छैन्, हामीले सुचना प्रकाशित गरेका थियौ, तर मिटर ब्याज पीडितको कहि कतै गुनासो समेत आएन् ।’

सरकारले देशैभरी मिटर ब्याजको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी मिटर ब्याज पीडित व्यक्तिहरूबाट त्यसा मिटर ब्याजीले गरेका अपराध र शोषण विरुद्ध आआफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा भाद्र ५ गते भित्र उजुरी दर्ता गर्न सुचना जारी गरेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.