गोकुलेश्वर । दार्चुलामा निर्वाचनको तयारी तिब्र थालिएको छ । मंसिर ४ गते तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पुर्वतयारी स्वरुप निर्वाचन कार्यालयले जिल्लाका ९ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको हो ।

निर्वाचन आयोगले भाद्र १२ गते जिल्लाभरीका सम्पुर्ण ६१ वटै वडाहरुमा सुचना टास गर्ने तथा स्थानीय तहमा भाद्र १३ गतेदेखि १६ गते सम्म सम्बन्धित स्थानीय तहभित्रै नाम दोहोरो परेका मतदाताको विषयमा जाँचबुझ गरी निर्णय गर्ने, बसाई सरेका र मृत्यु भएका मतदाताको सम्बन्धमा जाँचबुझ गरी निर्णय गर्ने, नागरिकता त्याग गरेका वा रद्द भएका मतदाताको नाम हटाउने लगायतका काम गर्ने निर्वाचन अधिकारी प्रदिप सिह धामीले जानकारी दिए ।
आगामी मंसिर ४ गते तोकिएको निर्वाचनमा मंसिर ३ गते सम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले मात्र मतदानमा सहभागी हुने छन् । निर्वाचन आयोगको जानकारी अनुसार दार्चुलामा प्रदेश सभा क्षेत्र नं क मा २६ हजार १८४ जना पुरुष तथा २५ हजार ३३५जना महिला गरी ५१ हजार ५१९ जना मतदाता रहेका छन ।
यस्तै जिल्लामा प्रदेश सभा निवार्चन क्षेत्र नं ख मा १९ हजार ७३३ जना पुरुष तथा १८ हजार ६४३ महिला गरी ३८ हजार ३७६ जना मतदाता रहेको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
