No.1 News Portal from Sudurpashchim Province
bajaj

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि दार्चुलामा छनौट कहिले ?

दार्चुला । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि दार्चुलामा भदौ १० गतेदेखि खेलाडी छनौट गरिने भएको छ । आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि दार्चुलामा जिल्लास्तरीय छनौट प्रतियोगिता भदौ १० गतेदेखि हुन लागेको हो । विभिन्न प्रतियोगितामा सहभागिताका लागि आवेदन भरेका पुरुष तथा महिला खेलाडीहरुको छनौट भदौ १० देखि भदौ १३ गतेसम्म हुने जिल्ला खेलकुद विकास समिति दार्चुलाका कार्यालय प्रमुख श्याम राज अवस्थीले जानकारी दिए ।

pm office

भदौ १० गते (पहिलो दिन) पुरुष र महिला कबड्डी, बुद्धिचाल, कुस्ती, टेबल टेनिस, पुरुष पौडी र सेपाकताको छनौट हुनेछ । भदौ ११ गते महिला÷पुरुष तेक्वन्दो र ब्याडमिन्टन, भदौ १२ गते पुरुष क्रिकेट र फुटसल प्रतियोगिताको छनौट हुनेछ । यस्तै भदौ १३ गते महिला र पुरुष एथ्लेटिक्स, भलिबल, कराते र पुरुष हेन्डबलको छनौट गरिने जनाइएको छ । प्रतियोगिता बिहान ८ बजेदेखि संचालन गरिने जनाइएको छ ।

क्रिकेटबाहेक अन्य सबै खेलकुद प्रतियोगिता जिल्ला सदरमुकाम खलंगाको खुला मन्चमा तथा क्रिकेटको छनौट महाकाली नगरपालिका–९ स्थितको सकार खेल मैदानमा हुनेछ । जिल्लाबाट छनौट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.