गोकुलेश्वर । बैतडीको शिवनाथ गाउँपालिकामा चितुवाको आक्रमणमा परी एक जना घाइते भएका छन् । घाइते हुनेमा शिवनाथ गाउँपालिका–६ बसेरीका १४ बर्षीय पारस धनाडी रहेको बताइएको छ ।

आज बिहान साढे ५ बजेको समयमा विद्यालय जाने क्रममा वाटोमा चितुवाले आक्रमण गरेको स्थानीय मनोज धनाडिले बताएका छन् ।
चितुवाको आक्रमणमा परी पारसको टाउको, गर्धन, कम्मरमा चोट लागेको बताइएको छ । धनाडी मणिलेकमाध्यमिक विद्यालय मेलौलीमा कक्षा ९ मा अध्ययनरत छात्र हुन । बैतडी जिल्लाका विभिन्न स्थानमा चितुवाले पटक पटक आक्रमण गर्दै आएको छ ।
