बैतडी। जिल्लाका दुई ठाउँमा प्रेसर कुकरमा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएका छन् ।

सतबाँझस्थित भण्डारी आयल स्टोर नजिकै र सतबाँझ–गोकुलेश्वर सडकखण्डको बीचमा शंकास्पद वस्तु भेटिएका हुन् ।
शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । विप्लव नेतृत्वको नेकपाले सडकमा शंकास्पद वस्तु राखिएको हुन सक्ने अनुमान गरिएको छ ।
विप्लव नेतृत्वको नेकपा सहितका चार राजनीतिक दलले आज नेपाल बन्द आह्वान गरेका छन् हुन् ।
