गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिकाको निर्वाचित भएको पहिलो सरकारको २९ करोड १२ लाख ९० हजार दायित्व बाँकी रहेको र जसमध्धे १७ लाख ३६ हजारको असुल उपर श्वेत पत्र जारी गरेको छ ।
सोमबार नगरपालिकाले श्वेतपत्र जारी गरेको हो । विगतको कार्यपालिकाले जथाभावी खर्च गरेका कारण आर्थिक दायित्व बढी भएको नगर प्रमुख विजयसिंह धामीले बताए ।

विगतको सरकारले स्रोतको सुनिश्चितता नभई उपभोक्ताहरुलाई मौखिक आदेशको भरमा काम गर्न लगाएको,बजेटलाई ढिकामा राखि तोक आदेशमा बजेट खर्च गर्ने गरिएको, जनताहरुलाई मार पर्ने हिसाबले कर प्रणली ब्यवस्थित नभएको, नगरपालिकाको नगरसभा तोकिएको समयमा सम्पन्न नगरी स्थानिय सरकार संञ्चालन एन ०७४ अनुसार असार १० गते नगरसभा मार्फत बार्षिक नीती तथा कार्यक्रम र बजेट पेस गरी सक्नुपर्ने ब्यवस्था भए पनि सो अनुसार कार्यन्वयन नभएको, नगरपालिकाको बैठक नियमित र आवश्यकक्ताका आधारमा नभएको, सेवाग्राहीलाई नियतबससेवा प्रवाहमा झण्जड गरी सेवाको लागी पटक पटक नगरपालिका धाउनुपर्ने, आन्तरिक स्रोतले धान्न नसकिने गरि कर्मचारी भर्ना गरेर आर्थिक व्ययभार बढाएको, इन्धन र मर्मत खर्चमा मितव्ययिता नअपनाइएको आरोप सहित ३४ बुदे श्वेतपत्र जारी गरेको छ ।
यस्तै, नियम बिपरित बिदेश भ्रमण, बिलासितीका समान खरिद, नगर प्रमुख उप प्रमुखको क्षेत्र अधिकार बाहिर मोबायल रिचार्ज खर्च, तलबि प्रतिबेदन पारित गराएर तलब भात्ता भुक्तानी गर्नुपर्नेमा कार्यलयले तलबि प्रतिबेदन पारित नगरी वर्षभरीमा १ करोड ७८ लाख ३२ हजार २ सय ९ रुपैँया खर्चेको समेत जारी पत्रमा उल्लेख छ ।
उक्तदायित्व नगरपालिकाको आन्तरिक स्रोतबाट मात्रै नभ्याइने भएकाले प्रदेश र संघसरकार संग आग्रह गर्ने, अनियमितता छानविन र बोझिलो कर्मचारी संयन्त्रलाई आवश्यकताका आधारमा मिलाउने, सेवाग्रही उपभोक्ताहरुलाई सजिलै सेवा दिने लगायतका ९ वटा बुदा श्वेत पत्रमा उल्लेख छन् ।
श्वेत पत्र शैल्यशिखर नगरपालिका —१ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता भरतबहादुर खडायतले प्रस्तुत गरेका हुन् ।



