गोकुलेश्वर । बैतडीको डिलाशैनी–७ घर भएका जयन्तबहादुर कार्की मृत अवस्थामा कैलालीको अत्तरियास्थित एक पसलको बाथुरुममा फेला परेको छ ।

गोदावरी नगरपालिका–१ वरपिपलमा रहेको चौलागाँई वस्त्रालयमा काम गर्ने अन्दाजी २२ वर्षीय कार्कीको शव शनिवार साँझ फेला परेको हो ।
विगत २ वर्षदेखि उक्त वस्त्रालयमा कार्यरत कार्कीको शंकास्पद हत्या भएको रुपमा फेला परेपछि आफन्तहरुको आशंका छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



