दुँहु गाउँपालिका अध्यक्षद्धारा दार्चुला तिकर सडकको अनुगमन, अवरुद्ध सडक तत्काल संचालनका लागि प्रयास गर्ने

गोकुलेश्वर । दार्चुलाको दुँहु गाउँपालिका अध्यक्ष नरेन्द्र बडालले दार्चुला तिकर सडकको अनुगमन गर्नु भएको छ । शुक्रबार पालिका अध्यक्ष बडालले गाउँपालिकाको वडा नम्बर ३ ब्रहमदेव अन्तर्गतको दार्चुला तिकर सडकमा बर्खाको बेला अवरुद्ध सडकको अनुगमन गर्नु भएको हो ।
अध्यक्ष बडालले बर्खाका बेला पहिरोले अवरुद्ध सडक तत्काल संचालनका लागि प्रयास गर्ने प्रतिक्रिया दिएका छ्न । वडा नम्बर ३ को सिमलीमा सबैभन्दा जोखिम र पहिरो हटाउन केही समय लाग्ने बताइएको छ । अहिले दुहुबासी ठाउँ ठाउँमा गाडी फेरि जोखिम पुर्ण यात्रा गरि सदरमुकाम आवतजावत गरिरहेका छन् ।
