No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुला जीप दुर्घटना : पाँचै जनाको शव बझाङ पुगाउन शैल्यशिखरले सहयोग गर्‍यो

गोकुलेश्वर। बुधबार दिउँसो दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से १ ज ५५१ नम्बरको जीप दुर्घटनामा मृत्यु भएका बझाङको बुंगल नगरपालिका–८ का पाँचै जनाको शव बझाङसम्म पु¥याउन शैल्यशिखर नगरपालिकाले सहयोग गरेको छ ।

pm office

नगरपालिकाले मृतकहरुको शव बझाङ पु¥याउन ५० हजार नगद,६० लिटर डिजेल र एउटा मिनि ट्रक भाडामा लिई शवहरुलाई पठाएकोे शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीको निजी सचिवालय सदस्य राजेशसिंह बिष्टले जानकारी दिए ।

दुर्घटनामा बुंगल नगरपालिका —८ का हिक्मत जागरी, पुने बोहरा, उजाले बोहरा र रैभान बोहराको मृत्यु भएको हो । यस्तै सोही ठाउँकी चम्पा बोहराको पनि मृत्यु भएको थियो । उनीहरु रोजगारीका लागि दार्चुला हुँदै भारत जान लाग्दा उल्लानीमै अस्ताएका हुन् ।

बझाङबाट कामको खोजीमा भारत जान ६ जना हिँडेका थिए । धनबहादुर जागरी पनि । उनी भाग्यवस् बाच्न सफल भए । जीप दुर्घटनामा सँगैका पाँच जनाको मृत्यु भएपछि दुखी भएको आँसु पुच्छदै धनबहादुर जागरी दुखेसो पोख्छन् । एकै गाउँका पाँच जनाको मृत्युभएपछि बुङगलमा बज्रपात परेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.