No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा जीप दुर्घटना, ५ जनाको मृत्यु

गोकुलेश्वर । दार्चुलामा जीप दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ ।जिल्लाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जिप दुर्घटना भएको छ ।

गोकुलेश्वरबाट दार्चुलाका लागी छुटेको से १ ज–५५१ नम्बरको जीप उल्लानीमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल खसेको छ ।

pm office

दुर्घटनामा परी ५ जनाको घटना स्थलमै मृत्यु भएको छभने ५ जना घाइते भएका छन् ।

अन्य दुई जना पुरुष, ३ जना महिला र चालक समेत घाईते भएका छन् । घाईतेहरुलाई उपचारका लागी गोकुलेश्वर अस्पत्ताल ल्याउने तयारी भईरहेको छ ।

घटनाको बिषयमा अनुसन्धान भईरहेको र थप बिवरण आउन भने बाकी छ ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.