No.1 News Portal from Sudurpashchim Province
bajaj

लोकेन्द्र बहादुर बमः “शैक्षिक गुणस्तर, शैक्षिक सुशासन, सिकाइ उपलब्धिमा वृद्धि बिषेश प्राथमिकतामा”

गोकुलेश्वर । दुहुँ गाउँपालिका भित्रका बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधार,भौतिक तथा प्रशासनिक सुधार, तथा शैक्षिक सुशासन, सिकाइ उपलब्धिलाई वृद्धि गर्ने उदेश्यसहित दार्चुलाको दुहुँ गाउँपालिकाले शिक्षा युवा तथा खेलकुद शाखाको जिम्मेवारी गौरीलमाण्डौ माध्यमिक विद्यालय हिकिलाका स्थायी शिक्षक लोकेन्द्र बहादुर बलमे पाएका छन् ।

pm office

कार्यभार सम्हाल्दै बलमे भने–“कसैलाई काखापाखा नगरी गाउँपालिका भित्रका बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने छ सुधार गर्ने मेरो अठोट छ यसैगरी, भौतिक तथा प्रशासनिक सुधार, तथा शैक्षिक सुशासन, सिकाइ उपलब्धिलाई वृद्धि गर्ने मेरो मुख्य उदेश्य छ”।

साउन ११ गते बसेको गाउँ कार्यपालिका बैठकको निर्णय अनुसार गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको जिम्मेवारी बमलाई दिने निर्णय भएपछि गाउँपालिकाले जिम्मेवारी बमलाई दिएको हो ।

दुहुँमा १९ वटा सामुदायिक विद्यालय र २ ओटा निजी विद्यालय गरी २१ वटा विद्यालय छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.