बुटवल । बुटवलबाट पत्रकारिता गर्दै आएका पत्रकार वसन्त पोखरेलको निधन भएको छ । पोखरेलको आज बिहान ६ बजे आफ्नै निवास बुटवल–१३ बेलबासमा ६८ वर्षको उमेरमा निधन भएको हो ।

हाल बुटवलको बुटवल टुडे दैनिकको सल्लाहकार सम्पादक रहका पोखरेल लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए ।
विसं २०११ सालमा प्युठानमा जन्मेका पोखरेलका दुई छोरा तथा एक छोरी छन् ।



