गोकुलेश्वर । दार्चुला बैतडीमा बर्षात्मा आएको पहिरोका कारण अवरुद्ध भएका ग्रामीण कच्ची सडकहरु अझै खोलिएका छैनन् । वर्षात् कारण जिल्लाका दर्जनौँ सडक अवरुद्ध छन् । झन्डै महिना दिन देखि खलंगा–दल्लेक–खार सडक, धाप–निशिल तथा बैतडीको सिल्लेगडा–कालागाउँ लगायत बिभिन्न ग्रामिण सडक अवरुद्ध छन् ।


वर्षाले ठाउँ ठाउँमा पहिरा तथा सडक हिलाम्य भएपछि ती सडकमा सवारी साधन चलाउन बन्द छन् । अवरुद्ध सडक सञ्चालनका लागि पहल नहुँदा गाडी सञ्चालनमा समस्या भएको सवारी चालकहरुको गुनासो छ ।

सडक सुचारु नहुँदा जिल्लाका विभिन्न बस्तीमा खाद्यान्न ढुवानी गर्न समेत समस्या भएको छ ।




