गोकुलेश्वर। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले दार्चुलाको शैल्यशिखर नगरपालिकामा समिति विस्तार गरेको छ ।
केही समय अघि मात्रै दर्ता भएको सो पार्टीले शैल्यशिखर नगरपालिकाको सभापतिमा करन बिष्टलाई चयन गरेको छ ।

यस्तै उपसभापतिमा मदन भण्डारी,सचिवमा राजेन्द्र पन्त रहनेगरी ९ सदस्यीय समिति गठन गरेको प्रदेश सचिव भोजराज जोशी (क्वालीटी) ले जानकारी दिए ।
समिति विस्तार कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सभापति नरेन्द्र चन्द,प्रदेश सचिव भोजराज जोशी,दार्चुला जिल्ला सभापति तारादत्त भट्टको लगायत अन्यको अपस्थिति रहेको थियो ।
यसैगरी पार्टीको नगर सम्पर्क कार्यालय गोकुलेश्वरमा खोल्ने निर्णय समेत गरेको प्रदेश सचिव क्वालीटीले बताए ।
