No.1 News Portal from Sudurpashchim Province
bajaj

सिंगो दार्चुला जोड्ने एकमात्र मोटरेवल पुल उद्धघाटन नभई जीर्ण

गोकुलेश्वर । सडक मार्गबाट सिंगो दार्चुला जिल्ला जोड्ने एकमात्र गोकुलेश्वर पुल औपचारिक रुपमा उद्घाटन नहुँदै जीर्ण बनेको छ ।

विसं २०५८ मा निर्माण पूरा भएको पक्की पुल समयमै मर्मत तथा संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो । सडक कार्यालयले करिब ५ करोड लागतमा निर्माण गरेको पुल झण्डै १ सय २० मिटर लामो छ ।

बैतडीको डिलाशैनी गाउँपालिका—६ र दार्चुलाको शैल्यशिखर नगरपालिका—९ जोड्ने चमेलिया नदी माथि निर्माण गरिएको उक्त पुल सिंगो दार्चुला जिल्ला जोड्ने एक मात्रै मोटरेवलपुल हो । यसै पुल भई दैनिक सयौैं गाडी चल्ने गर्दछन् ।

जिल्लाका लागि दैनिक उपभोग्यका सामाग्री सहित विकास निर्माणका सम्पूर्ण सामाग्रीहरू यसै पुल भएर जिल्ला भित्रिने गर्दछन् । २०५८ सालमा गोकुलेश्वर प्रहरी चौकी र विमानस्थलमा माओवादीले आक्रमण गरेपछि हतारमा यसको निर्माण भएको थियो । त्यतिबेला पूरै किलाकाँटा नलगाई र रंगरोगन समेत नगरी ठेकेदार कम्पनी बाहिरिएको स्थानीय बासिन्दा बताउँछन् ।

अहिले यसका पिलर र बारमा खिया लागेको छ । किनारामा लगाएका केही सुरक्षा पाइप हराइसकेका छन् भने केही पाइप र किलाकाँटा पनि खुस्किएका छन् ।

pm office

त्यस्तै, पुलका ३ वटा पिलरमध्ये मध्य पिलर उखेलिन थालेको छ । उक्त पिलर एक मिटर तल झरेको छ । वरिपरि हुनुपर्ने सुरक्षा पर्खाल नहुँदा उखेलिने क्रम बढेको छ । प्राविधिकका अनुसार नदीको बीच भागको पिलर सुरक्षाका लागि पानीको सतह माथिसम्म सुरक्षा घेरा आवश्यक हुन्छ । तर, नदीले एक मिटरभित्र पुर्याउँदा समेत सरोकारवालाको ध्यान गएको छैन ।

स्थानीयवासीले पटकपटक मर्मतको माग गर्दै आएका छन् । दुई वर्षअघि डिभिजन सडक कार्यालयले ४ लाख पुल मर्मत भन्दै खर्चिए पनि काम नभएको स्थानीयवासी बताउँछन् । गुणस्तरीय निर्माण नभएका कारण म्यादअघि नै जीर्ण हुँदै गएको स्थानीयवासीको आरोप छ ।’तत्काल संरक्षण नगरिए ४—५ वर्षमै भत्किन सक्ने अवस्थामा छ ।

पुल निर्माण भएयता मर्मत भएको छैन । शर्मा एण्ड सिरुवा कम्पनीले निर्माण गरेको पुल माओवादी युद्धकालीन त्रासले गर्दा निर्माण कम्पनीले धेरै काम बाँकी नै छोडेर गएको स्थानीय बताउछन् ।

‘यो पुल प्राविधिकको इस्टमेट अनुसार बन्न धेरै कुरा बाँकी नै थियो, पुल निर्माणको अन्तिम समय तिर आउँदा माओवादीले गोकुलेश्वर प्रहरी चौकी र गोकुलेश्वर विमानस्थलमा आक्रमण गरे सोही क्रासले निर्माण कम्पनीले पनि बाँकी धेरै काम छोडेर गएको हो ।

पुलको निरिक्षणको लागि पछि पनि कुनै निकायबाट आधिकारी व्यक्ति आएका छैनन् । यस्तै फोटो खिचेर लगेकै आधारमा सम्बन्धित निकायले निरक्षण गरेको हुन सक्ने बताईएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.