No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वरमा बसपार्क नहुँदा पार्किङको समस्या

दुर्घटनाको उच्च जोखिम

गोकुलेश्वर। बैतडीसँग सीमा जोडिएको जिल्लाकोे दोस्रो ठूलो बजार तथा शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वर बजारमा बसपार्क नहुँदा पार्किङको समस्या जटिल बन्दै गएको छ ।

बढ्दो शहरीकरण अनुसार सवारी साधनको चाप बढदै जान थालेपछि अहिले पार्किङका लागि बसपार्क नहुँदा समस्या भएको छ ।

दार्चुलाको प्रमुख र एक मात्र प्रवेशद्धार भएको यस बजारमा दिनहु साना ठूला गरी सयौंको संख्यामा सवारी साधन चल्छन् तर सवारीसाधन पार्किङका लागि ठाउँ नहुँदा समस्या भएको छ ।

नगरपालिका भएका स्थानहररुमा नगर क्षेत्रलाई केन्द्रित गरी अनिवार्य रुपमा बसपार्क निर्माण गर्नुपर्ने व्यवस्था भए पनि शैल्यशिखर नगरपालिकामा व्यवस्थित बसपार्क बन्न नसक्दा सवारी साधनहरु सडकमै पार्किङ गर्नुपर्ने बाध्यता आएको छ ।

जसले गर्दा दुर्घटनामा हुने सम्भवना बृद्धि भएको छ । दिनहुँ तराई तथा काठमाण्डौंका लागि छुट्ने बसहरु र छोटो दूरीमा सञ्चालन हुने जीप,अटोहरु बसपार्क नहुँदा सडक किनारामा पार्किङ गर्नुपर्ने बाध्यता रहेको गोकुलेश्वर बस काउण्टरका संचालक श्रीराम जोशीले बताए ।

उनले भने, ’साँघुरो सडक छ । बजारका चारैतिर अव्यवस्थित पार्किङ हुन्छ । पैदल हिड्नेलाई पनि समस्या छ । सवारी दुर्घटनाको जोखिम  उच्च छ ।’

pm office

बसपार्क नहुँदा बजारको चोकमै दैनिक दर्जनौं गाडीको लाम हुन्छ । जसले बजारलाई कुरूप त बनाएको छ नै सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ ।

सडकमा बस पार्किङ गर्दा सवारी आवागमनमा समस्या हुने गरेको छ । अहिले दिनहु सयौं सवारीसाधनको आवतजावत हुने गर्दछ । गोकुलेश्वरमा स्थानीयले पार्किङको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

सडकमा सवारी साधनले पार्किङ स्थल बनाउँदा यस क्षेत्रका व्यवसायीले मर्कामा परेकाको गुनासो गर्दै आएका छन् ।

व्यवसायीको पसल अगाडी नै सवारी साधन रोकिदिनाले व्यवसायमा कमी आएको व्यवसायीकाको गुनासो छ । महाकाली राजमार्गसँग जोडिएको यो क्षेत्रमा बसपार्कको उचित व्यवस्थापनको थालनी तत्काल नगर्ने होे भने यसले ठूलो दुर्घटना निम्त्याउने जोखिम छ ।

सडकको दायाँ र बायाँ किनारमा जिप, बस र अटोहरू पार्किङ गरिएका हुन्छन् । मानिसलाई हिँड्नै अप्ठ्यारो भएको छ ।

गोकुलेश्वरमा सवारीसाधन पार्किङका लागि बसपार्क नहुँदा सवारीसाधन व्यवस्थापनमा निकै समस्या भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी प्रमुख प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले बताए ।

‘बसपार्क नहुँदा हामीलाई सवारीसाधन व्यवस्थापनमा निकै समस्या भएको छ’, उनले भने, ‘सडक किनारमा बस,जीप,अटोहरु रोकेर राखिएको हुन्छ । ’

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.