No.1 News Portal from Sudurpashchim Province
bajaj

कक्षा–११ को प्रवेश परिक्षा, नतिजा आजै सार्वजनिक हुने

गोकुलेश्वर । दार्चुलाको महाकाली नगरपालिका–४ खलंगा स्थित जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा रहेको श्री महेन्द्र नमुना माद्यमिक विद्यालयको आज कक्षा–११ (एघार) को प्रवेश परिक्षा भएको छ । विहान ८ बजे देखि ९ बजे सम्म संचालन भएको परिक्षामा गणित अंग्रजी नेपाली र विज्ञान बिषयको पाठ्य वस्तुलाई समेटी प्रश्न पत्र तयार पारिएको विद्यालयका प्रध्यानाध्यापक रामदत्त जोशीले बताए ।

pm office

प्रवेश परिक्षामा प्रथम स्थान हासिल गर्ने विद्यार्थीलाई पुर्ण छात्रवृति प्रदान गरिने र द्धितीय स्थान हासिल गर्ने लाई ५० प्रतिशत छात्रवृति प्रदान गरिने उनले बताए । परिक्षाहलमा करिब दुई सय ७५ जना बिद्यार्थीहरुले परिक्षा दिएको र उक्त परिक्षाको नतिजा आजै बेलुका सार्वजनीक हुने बताईएको छ ।

बिद्यार्थी संङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.