गोकुलेश्वर । बैतडीमा तिहार पछि पालिका स्तरिय भलिबल प्रतियोगिता हुने छ । हरेक बर्ष दशरथचन्द नगरपालिकामा नगरस्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको मेनेजर तेजबहादुर चन्द ट्रष्टले यो बर्षदेखि पालिकास्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको बताए ।

पहिलो हुने टीमले नगद १ लाख २५ हजार पुरस्कार, दोश्रो हुने टीमले नगद ७५ हजार र तेश्रो हुने टीमले नगद ३५ हजार पुरस्कार पाउने छन् । यस्तै प्रतियोगितामा ३ विधामा उत्कृष्ट खेलाडीहरुलाई ५ हजारका दरले नगद पुरस्कार वितरण गरिने पनि बताइएको छ ।
प्रतियोगितामा दशओटै पालिकाका टीमको सहभागिता रहने जनाइएको छ ।
