गोकुलेश्वर । दार्चुलाका किसानहरुले लगाएको मकैबाली जंगली जनावरहरुले खान थालेपछि किसानहरु चिन्तित भएका छन् । बाँदर र बदेलले भित्राउनै लागेको मकैबाली खान थालेपछि समस्या भएको शैल्यशिखर–५ कि स्थानिय पुष्पा रावलले बताईन् । राती बंदेल र दिनमा बाँदर आएर मकैबाली सखाप पार्न थालेपछि किसानहरु चिन्तित भएका बताए ।

जंगली बंदेल र बाँदरहरुले मकैबाली सखाप पारेपछि किसान निकै चिन्तीत बनेका छन् । आफुहरुले मिहेनत गरेर लगाएको मकैबाली जंगली जनावरले सखाप पार्नथाले पछि भोकमरिको चिन्ता हुन थालेको लेकमका एक स्थानियले सेतीकालीसँग भने ।
खास गरी पहरा नबसेको बेलामा जनावर आएर मकै खाने गरेको महाकाली नगरपालिकाका स्थानिय नरेश कुँवरले गुनासो गरे । जिल्लाकै विभिन्न स्थानमा पनि जनावरले मकैबाली सखाप पारेको बताइएको छ ।
प्रत्येक वर्ष जंगली जनावरले बालीनाली नष्ट गर्ने गरेको भएपनि सरकारले क्षतिपूर्ती दिने गरेको छैन ।
