गोकुलेश्वर । बैतडीको डिलाशैनी गाउँपालिकामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भुमेश्वर आधारभूत विद्यालय मौनीको दुईकोठ भवन निर्माणमा काम गरेका १५ जना मजदुरहरुले मजदुरहरुले ज्याला नपाएको गुनासो गरेका छन् ।

अहिले उक्त भवनको निर्माण कार्य सम्पन्न भइसकेको छ । भवन निर्माणका क्रममा सामग्री ढुवानीमा बढी रकम खर्च हुँदा पैसा अपुग भएको विद्यालयका प्रधानाध्यापक बीरबहादुर धामीले बताए ।
विद्यालयको भवन निर्माणका लागि १८ लाख बजेट आएको थियो ।
