गोकुलेश्वर । बैतडीको सुर्नेया गाउँपालिका–७ का ३७ वर्षिय रघुबिर कुवँर मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले बताए ।

शुक्रबार विहान घंराड भन्ने ठाउँमा मृत भेटिएका प्रहरीले बताएको छ । मृत फेला परेका कुवँरको शब अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र पोष्टमार्टम गरिने प्रहरी प्रवक्ता जोशीले बताए ।
घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



