
गोकुलेश्वर । दार्चुलाको गोकुलेश्वरमा कोरोना सल्किएको छ । बिहीबार मात्र २ जनामा संक्रमण पुष्टि भएको छ । गोकुलेश्वर प्राथमिक अस्पतालमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अहिले जिल्लाभरी ९ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । गोकुले बजार सहित आसपासका सर्तकता अपनाउन प्रहरीले जनचेतनामूलक कार्यक्रम गर्ने समेत बताईएको छ ।



