
गोकुलेश्वर । पर्वत दरबन्दी भई घर व्यवहार मिलाउनुपर्ने भन्दै दार्चुला काज मिलाएका, पेन्सनको मुखैमा पुगेका सशस्त्र प्रहरीका हवल्दार जेल चलान भएका छन् । २०६० वैशाख देखि सशस्त्र प्रहरीमा कार्यरत जिल्लाको महकाली नगरपालिका–२ मुल्लाका सशस्त्र प्रहरीका हवल्दार नरेशसिंह साहु जेल चलान भएका हुन् । ४४ नं. गण मुख्यालय खलंगाको रासनभत्ता प्रकरणलाई मिडिया सम्म ल्याउँदा उनी जेल पुगेका छन् ।
