गोकुलेश्वर । दार्चुलाको बिकट ठाउँमा रहेको अपि हिमाल गाउँपालिका–४ स्थित खण्डेश्वरी मावि क्षेत्तीका छात्रा बिद्यार्थीहरुमा एक्कासी छट्पटाउने, मुर्छा पर्ने, रुने, कराउने तथा डराउने गरेको पाईएको छ ।

अध्ययनरत छात्राहरु करिब हप्ता दिनदेखि एकाएक बिरामी हुन थालेपछि पठन पाठन बन्द गरिएको विद्यालयका प्रधानाध्यापक खडक सिंह लोथ्यालले बताए ।
बिहीवार बसेको विद्यालय व्यवस्थापन समिति बैठकले साउन १३ गतेदेखि साउन १७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
