No.1 News Portal from Sudurpashchim Province
bajaj

डिलाशैनीमा छोराले गरे बाबुको हत्या

गोकुलेश्वर । बैतडीको डिलाशैनी गाउँपालिका–५ सेराका अन्दाजी २३ बर्षिय अबिबाहित लोकराज जोशीले शुक्रबार (आज) बिहान ५ बजे तिर धारिलो हतियार (बन्चरो) प्रहार गरी आफ्नै ६८ वर्षिय बृद्ध बाबु अन्तराम जोशीको हत्या गरेका छन् । बावु फरक क्षमता भएका (दृष्टिबिहीन) थिए । बन्चरो प्रहारबाट वृद्ध बाबुको टाउको र शरिर अलग भएको छ ।

pm office

छोराले बञ्चरो प्रहार गर्दा मृत्यु भएका अन्तरामको शव टाउको र शरीर अलग भएको अवस्थामा भेटिएको स्थानियहरुलाई उद्धित गर्दे सेतिकालीका संवाददाता अमर खत्रीले बताए ।

मृतक जोशीका दुई छोरी र एक छोरा छन् । बन्चरो प्रहार गर्ने छोरालाई प्रहरीको नियन्त्रणमा छ । लोकराजको मानसिक अवस्था अलि दयनिय रहेको स्थानियहरुले बताएका छन् ।

घटनास्थलमा सुरक्षाकर्मी र पत्रकार पुगेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.