गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर बिजय सिंह धामी माथि एक महिलाले बलात्कारको आरोप लगाएकी छिन् । शैल्यशिखर–६ कि ५५ बर्षीय महिलाले आफुमाथि मेयर धामीले बलात्कार गरेको बताएकी छिन् । आरोपित मेयर धामी र पिडीत महिलाको वडा एउटै हो ।
पिडीत महिलाले बि.सं.२०६१ सालमा माओवादी जनयुद्धको बेला आफु गाउँकै जंगलमा सल्लाको पिरोल (सल्लाको पात) बटुल्दै गरेको बेला आफुले लगाएको सबै कपडा फुकालेर शरिरमा हात हालेको बताउदै उनले भनिन्–“म र भतिजो (पुन्टे) गाउँकै माजाबाटा जंगलमा सल्लाको पिरोल बटुल्न गएका बेला मेयर धामी र दुईजना अरु बसिरहेका थिए म पिरोल बटुल्दै गर्दा मेयर धामीले मैले लगाएको लुगाकपडा फुकाली नजिकैको भिरमा फाल्ने कोसिस गर्नुका साथै म माथि बलात्कार गरी नाङ्गै घरपठाएको हो ।”

उक्त समयमा घटना बाहिरिए सिध्याउने भन्दै मेयर धामीले बन्दुक ताकेको बताईन् । आफन्त कोही जान्ने सुन्ने नभएका र श्रीमानपनि अपाङ्ग भएको बताईन् । सो घटनामा तत्कालिन माआवादीहरुले मुद्धा समेत चलाएको र घटनाबारे ग्वानीका सबै स्थानियहरुलाई थाहा भएको बताईन् ।
यस्तै पिडीत महिलाले आफुमाथि बलात्कार भएकै ठहर गर्दे जिन्दगी समेत बर्बाद गरेको बताएकी छिन् । पुर्व मेयर अमरसिंह धामीकी छोरी करुणा बिष्ट (धामी) ले पनि ती महिलामाथी बलात्कार भएको आफुले समेत थाहा पाएको बताईन् ।
यो बिषयमा मेयर बिजय सिंह धामी सँग बुझ्दा सो घटना झुटो भएको बताउदै घटनाबारे अन्य कुनै प्रतिक्रिया दिएनन् ।
(मेयरमाथि लगाएको आरोपको अडियो तथा भिडियो सेतीकाली डटकमसंग सुरक्षित छ।)



