No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखर नगरप्रमुख धामीः चुनाबि रिसिबीका कारण बलात्कारको आरोप लगाईयो !

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर बिजय सिंह धामी लाई पुर्व मेयर अमर सिंह धामीकी छोरीले बलात्कारको आरोप लगाएकी छिन् । २०६१ सालमा पाँच जनाले महिलामाथि बलात्कार गरेको र ति पाँच जनामध्ये अहिलेका मेयर प्रमुख पीडक रहेको आरोप लगाएकी छिन् । आफुमाथि बलत्कारको आरोप लागेको प्रति आफ्नो गम्बिर ध्यानआर्कषण भएको हालका मेयर धामीले बताए ।

करुणले लेखेको स्टाटस

pm office

यसै सम्वन्धमा रेडियो चौलानी टुडेले हालका मेयर धामीलाई बुझ्दा उनले भने–“कागले कान समातेर लग्यो भने कागको पछि नलागौँ, म माथि झुठो आरोप लगाईयो, म निर्दोष छु, करुणाका बावु (अमर सिंह धामी) ले चुनावमा हारेकै कारण म माथि यस्तो आरोप लगाएकी हुन्, चुनावको बेलामा समेत यस्तै नभएका आरोप लगाएका थिए र अहिले पनि खुट्टा तान्न छोडेका छैनन्” ।

करुणाले तत्कालिन मेयर विजयसिंह धामीविरुद्ध निरन्तर रुपमा सामाजिक सञ्जालमा बलात्कारको (फेसबुकमा) आरोप लगाउँदै स्टाटस लेखेकी छिन्् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.