गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिकाले एकैपटक ९० जना करार कर्मचारी माग गरेको छ । मंगलबार एक सुचना जारी गर्दै नगरपालिकाले कर्मचारी माग गरेको हो ।
अघिल्लो स्थानीय सरकारले आफ्ना कार्यकर्ता, नातेदार, ईष्टमित्रहरुलाई मात्रै राखेकोे र योग्य कर्मचारहिरुलाई अयोग्य बनाउदै नातागोता प्रबृतिले योग्य कर्मचारीहरु नगरपालिकामा नअटाएको वर्तमान सरकारको तर्क छ । सोही प्रबुतिलाई अन्त्य गर्न र योग्य कर्मचारीलाई नगरपालिकामा अटाउन नगर कार्यपालिकाको बैठकले करारमा भर्ना गरिएका कर्मचारीलाई गत साउन १ गतेदेखि करार अवधि थप नगर्ने निर्णय थियो ।

शैल्यशिखरमा योग्य कर्मचारी अटाउने बताउदै नगरप्रमुख बिजय धामीले सेतिकाली सँग भने–“हामी कार्यबिधी अनुसार कर्मचारी भर्ना गछौँ, योग्य कर्मचारीहरुलाई भर्ना गछौँ पुरानो स्थानिय सरकारको जसरी हेलच्यक्राई नगरी शुसासन युक्त नगरपालिका बनाउँछौँ, कार्यलय सहयोगीको सन्दर्भमा कार्यपालिकामा छलफल गछौँ” । यसैगरी रिक्त दरबन्दी रहेका कर्मचारीहरुको बिवरण प्रदेश लोकसेवा आयोगमा पठाउने समेत उनले बताए ।
स्वीपर, माली, पाले, कार्यालय सहयोगी, अ.न.मी, अ.हे.व, ल्याव असिस्टेन्ट, एनेस्थेटिक सहायक, स्टाफ नर्स पदमा ७५ जना कर्मचारी माग गरेको छ भने पूर्वाधारतर्फ स्वीपर, कार्यालय सहयोगी, अमिन, सिभिल सव इन्जिनियर, सिभिल इन्जिनियर तथा पोषण स्वयंसेवक समेत गरि १५ जना कर्मचारी माग गरेको हो ।
