No.1 News Portal from Sudurpashchim Province
bajaj

ब्याँस गाउँपालिका अध्यक्ष धामीः म नेता होईन जनताले चुनेको समाजसेवी हुँ !

अंकित कुँवर, गोकुलेश्वर । त्रिदेशिय सीमानामा पर्ने दार्चुला जिल्लाको बिकट मानिने व्याँस गाउँपालिका अध्यक्ष मंगल सिह धामीको घरदैलो सेवा जारी छ । चुनावका बेला जनतासामु गरेका बाचाहरु पुरा गर्नका निम्ती घरदैलो सेवामा लागेको अध्यक्ष धामीले बताए ।

अध्यक्ष धामीले सेतिकाली सँग भने–“म नेता हाईन जनताले चुनेको एक समाजसेवी हुँ । भिरपाखाले भरिएको यहाँका जनताहरुलाई सेवा दिनकै लागी मलाई जनताले चुनेका हुन्, मैले चुनावको बेलामा मैले गर्न सक्ने कामहरुको मात्र अस्वासन दिएको हुँ र ति नै पुरा गर्नका निम्ति म घरदैलो सेवामा लागेको हुँ, यहाँका थुप्रै बृद्धबृद्धा आमाबुवाहरु सामाजिक सुरक्षा भत्ता पाउनबाट पनि बन्चित भएका छन् । राप्ला, सिना जस्ता दुर्गम बस्तिहरुमा रहेका जनताहरु सेवासुबिधाबाट बन्चित भएको तथा कम्मर टुटेका, जण्डिस रोग लागेका बिरामीहरुको उद्धार गर्नका निम्ति महिला बिकासका कर्मचारी तथा स्वास्थ्य चौकिका स्वास्थ्यकर्मीहरुलाई समेत लगेर बिरामीहरुले जुन प्रकारको सेवा पाउनुपर्ने हो त्यहिँ अनुसारको उद्धार गर्यो र गरिरहेका छौँ । वडा नं. ३ दुब्लिमा फरक क्षमता भएका बहिनीहरु पनि भेटीए र उनीहरुको पनि छिटै उद्धार गछौँ” ।

pm office
आर्थिक सहयोग गर्दे अध्यक्ष धामी

प्यारालाइसिसको समस्यामा रहेका एक जना गगन सिह धामीलाई व्यतिmगत तर्फबाट ५ हजार रुपैँया आर्थिक सहयोग गरेको पनि बताए । यसरी रातदिन जनताको सेवामा लागेर जनताहरुबाट पनि राम्रो सल्लाह पाईएको र आफु जनप्रिय नेता बन्ने समेत अध्यक्ष धामीले अठोट राखेको बताए ।

गत असार २२ गते तुइन तर्नेक्रममा तुइन बाट खसेर बेपत्ता भएका सचिन बुढाथोकोको परिवारलाई पनि गाउँपालिकाले सक्दो आर्थिक सहयोग गर्ने समेत उनले बताए । स्थानीय सरकार घरमै आएर आफ्नो पाउने सेवा सुविधामा सहजीकरण गरिदिएकोले आफुहरु खुसी भएको स्थानियहरु बताउछन् ।

 

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.