गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री लटिनाथ माध्यमिक विद्यालय बस्कोटको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा जगदीश साउँद चयन भएका छन् ।

अघिल्ला वर्षहरूमा राजनितीक खिचातानिका कारण धेरैले दाबि गर्ने गरेको भए पनि यस वर्ष अभिभावक भेलाले जगदीश साउँद लाई विद्यालय ब्यबस्थापन समिति अध्यक्षमा सर्वसम्मत चयन गरेको निवर्तमान विब्यस सदस्य सन्तोष साउँदले सेतिकाली लाई बताए ।
सयौँको संख्यामा अभिभाबक, बुद्धिजीवी, शूभचिन्तकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष अशोक साउँदले अध्यक्ष जगदीश साउँदलाई फुल माला लगाएर बधाई दिएका थिए ।
