No.1 News Portal from Sudurpashchim Province
bajaj

बालिकाको शव एक किलोमिटर तल सशस्त्रले भेटायो

pm office

दार्चुला । दार्चुलामा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका–३ काँटैस्थित कल्चौडे खोलाले बगाउँदा सोही ठाउँकी १४ वर्षीया बालिका कविता बडालको मृत्यु भएको हो । मंगलवार बिहान घाँस काट्ेर घर फर्कने क्रममा खोलाले बगाउँदा बालिकाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका सशस्त्र प्रहरी नायव उपरीक्षक बीर सिंह धामीले जानकारी दिए । खोला तर्दा ढुङ्गा पल्टिएर बेपत्ता भएकी बालिकाको खोजी गर्दा सो स्थानभन्दा एक किलोमिटर तल ढुङ्गामा च्यापिएको अवस्थामा शव फेला परेको उनले बताए ।

बेपत्ता बालिकाको खोज उद्धारमा सशस्त्र प्रहरी बलको विपद व्यवस्थापनको टोली खटि गएको थियो । उक्त टोलीले खोजी गर्दै जादा बडालीगाउँस्थित खोलामा बालिकाको शव भेटेपछि उक्त शवलाई निकाली पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । बालिका सँगै रहेकी उहाँकी काकी नन्दा बडाललाईसमेत खोलाले बगाउँदा अचेत अवस्थामा खोला किनारमा स्थानीयले फेला पारेका थिए । उहाँको स्थानीयले उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुयाएको थिए । अहिले उहाँको अवस्था सामान्य रहेको जनाइएको छ ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.