No.1 News Portal from Sudurpashchim Province
bajaj

२ वर्षमा शैल्यशिखर नगरपालिकाले १४ लाख बढीका मोबाइल किन्यो !

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले २ वर्षमा १४ लाख बढीका मोबाइल खरिद गरेको पाइएको छ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नगरपालिकाले २०७६ र ०७७ सालमा उक्त मूल्य बढीका विभिन्न मोबाइल सेटहरु खरिद गरेको पाइएको हो।

pm office

नगरपालिकाले २०७६ को विभिन्न मितिमा ५ वटा मोबाइल, तीनवटा पावर बैंक तथा ६ वटा ट्याब खरिद गरेको छभने २०७७ मा पनि पुनः ८ वटा मोबाइल खरिद गरेको देखिएको छ।

नगरपालिकाले २ वर्षसम्म १४ लाख ४५ हजार ६५९ रुपैयाँको मोबाइल तथा ट्याब खरिद गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

महालेखाले मोबाइल खरिद गर्दा जिन्सी दाखिला समेत नगरिएको प्रतिवेदनमा जनाएको छ।

यसैगरी नगरपालिकाले एक वर्षमै झण्डै २ लाखको रिचार्ज समेत खरिद गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.