No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा महिला हिंसा दोब्बरले बढ्यो

दार्चुला । पछिल्लो समय महिलामाथि हुने घटना दिनहुँ बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षको दार्चुला प्रहरीको आँकडा हेर्ने हो भने पनि महिलामाथि र बालिकामाथि हुने घटना बढेका छन्। प्रहरीको तथ्याङ्क हेर्दा बलात्कार मात्र होइन, समग्र महिला हिंसा नै बढ्दो क्रममा देखिन्छ ।

त्यसमध्ये बलात्कार, बलात्कार प्रयास र घरेलु हिंसाका घटना अत्यधिक बढेका छन्। तथ्याङ्कअनुसार घरेलु हिंसापछि बलात्कार सङ्ख्यात्मक रूपमा महिला तथा बालिका बढी पीडित भएका छन्। समाजमा महिला हिंसामा पनि घरेलु हिंसाका घटनाको सङ्ख्या उच्च देखिन्छ ।

pm office

आर्थिक वर्ष २०७४÷७५ मा २७, २०७५÷७६ मा ३९, २०७६÷७७ मा ४५, २०७७÷७८ मा ३९ र २०७८÷७९ पुग्दा घरेलु हिंसाको मात्रै ७७ वटा उजुरी प्रहरीमा परेका छन्। यस्तै २०७५÷७६ मा पाँच, २०७६÷७७ मा आठ, २०७७÷७८ मा पाँच र २०७८÷७९ मा पुग्दा बलात्कारका घट्ना ह्वात्तै बढेको छ। जबरर्जस्तीकरणी उद्योग, बालयौन दुव्र्यवहार, बालविवाह, बहुविवाह र महिलामाथि हुने हिंसाका आँकडा केलाउने हो भने अधिकांश घट्नामा महिला नै बढी पीडित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

यसरी घटना बढ्नुमा एक त समाजमा अपराधकै दर बढेको र त्यससँगै प्रहरीमा उजुरी दिने प्रचलन बढ्नुले पनि सङ्ख्या थपिएको प्रहरी अधिकारीको तर्क छ । अपराधको सूचना प्रहरीमा आउने क्रम बढेसँगै समुदायमा कानुनको पहुँच पनि बढ्दै गएको भन्ने पनि देखाउँछ ।

स्थानीय तहमा बनेका न्यायिक समितिका कारण पनि पछिल्लो समय प्रहरीमा उजुरी दिने बढेको कतिपय बताउँछन्। निर्वतमान नौगाड गाउँपालिका उपाध्यक्ष गौरी बडालका अनुसार न्यायिक समितिमा आउने उजुरी पनि प्रहरीमा पठाउने गरिएका कारण पछिल्लो समय उजुरीको सङ्ख्या बढ्दै गएको छ।
जिल्ला अदालतकै तथ्याङ्क हेर्ने हो भने पनि गतवर्ष बहुविवाह र बालविवाहका गरी १०र१० मुद्दा दर्ता भएका थिए। घरेलु हिंसाका चार मुद्दा दर्ता भएकामा तीन वटा फछ्र्यौट भएका छन् । विसं २०६६ मा जारी भएको घरेलु हिंसा कसूर तथा सजाय ऐनले शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातनालाई घरेलु हिंसाका रूपमा परिभाषित गरेको छ ।

ऐनले यो अपराध प्रमाणित भएमा तीन हजारदेखि रु २५ हजारसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । दिनेशखबर

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.