No.1 News Portal from Sudurpashchim Province
bajaj

हुलाक कार्यालय दार्चुलाले कति गर्यो राजस्व संकलन ?

pm office

गोकुलेश्वर । हुलाक कार्यलय दार्चुलाले सेवा शुल्कबाट ४ लाख ६९ हजार २ सय ९२ रुपैँयाँ प्रशासनिक सेवा शुल्कबाट ६ सय ४५ तथा जिल्लामा रहेका संञ्चारमाध्यम नविकरण तथा रोयल्टी गरे वाफत २ लाख २० हजार ७ सय ७७ रुपैँया राजस्व संकलन गरेको छ भने अन्य बाट १ हजार ८ सय गरी गत आर्थिक वर्षमा ७ लाख ३१ हजार ३ सय २२ रुपैँया राजस्व संकलन गरिएको छ ।

आर्थिक वर्ष ०७८–७९ मा जिल्ला हुलाक कार्यालय ७ लाख ३१ हजार ३ सय २२ रुपैँया राजस्व संकलन गरेको हो । गत वर्ष ३८ हजार ८ सय ८ रुपैँया बेरुजु रहेको जनाएको छ । २०७७÷७८ मा हुलाक कार्यालय दार्चुलाले ७ लाख ६५ हजार ६सय ३५ रुपैँया राजस्व संकलन गरेको थियो । तर यो वर्ष टिकट बिक्री र काउन्टर अनलाइन काम हुँदा राजस्व संकलनमा कमि आएको हुलाक कार्यालय दार्चुलाले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.