No.1 News Portal from Sudurpashchim Province
bajaj

बर्षाका कारण दार्चुला र बैतडीका ग्रामीण सडक अवरुद्ध

गोकुलेश्वर । बर्षात् सुरु भए संगै दार्चुला र बैतडीका ग्रामीण सडक अवरुद्ध हुने गर्दछन् । केही दिन देखिको लगातारको वर्षाका कारण ग्रामिण सडकहरु बन्द भएका छन् । वर्षादले ग्रामीण कच्ची सडकहरु हिलाम्य भएर सवारी साधन सञ्चालनमा समस्या भएको जिब चालक केशव ठगुन्नाले बताए । उनले भने–“मैले प्राय जसो खलंगा देखि निशिल सम्म जिब चलाउँछु, हिउँदको समयमा बाटो सफा भएपनि अहिले (बर्षात्) मा खलंगा–निशिलको सडक पहिरोले अवरुद्ध भएको छ गाडी चलाउन झनै समस्या भने यात्रुहरुलाई समेत बिच रोडमै ओराल्नुपर्ने बाध्यता छ ।

pm office

वर्षात्ले जिल्लाको महाकाली नगरपालिका भित्रका ग्रामीण कच्ची सडकहरु हिलाम्य भएर चिप्लीने डरले गाडी गुडाउन नसकिने अवस्था आएपछि प्रभावित भएको छ । गाडी गुडाउन सकिने अवस्था नभएपछि बिरामी नागरिकहरूलाइ अस्पताल पु¥याउनै मुस्किल हुने गरेको छ । एकमहिना देखि गाडी चल्न समेत बन्द भएको र ट्याक्टरको प्रयोगले सडक पुरै हिलाम्य र ठुलठुला खाल्डाहरुकै कारण अवरुद्ध भएको छ ।

यस्तै बैतडीको दोगडाकेदार कालागाउँबाट सिल्लेगाडासम्मको सडक वर्षात्ले हिलाम्य भएपछि अवरुद्ध भएको छ । सडक पुरै हिलाम्य भएर सास्ती खेप्नुपरेको भएपनि सम्बन्धित निकायको ध्यान नदिएको स्थानीयहरुले गुनासो गरेका छन् । यस्तै सिल्लेगाडादेखि रिम गोरङ सित्तड लगायतका क्षेत्रमा पहिरो जाँदा सडक बाटो अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यहाँका स्थानीयहरुले सास्ती खप्पनुपरेको छ । दैनिक उपभोग्यका सामानहरु ढुवानी गर्न समेत समस्या भएको स्थानीयहरुले बताएका छन् ।

दार्चुला र बैतडीका ग्रामीण कच्ची सडकहरुमा प्रायः गाडी गुडदैनन्, यो अवस्थामा कुनै नागरिकहरु बिरामी परिहाले अस्पताल सम्म लैजानका लागि पक्की सडक सम्म पु¥याउनै मुस्किल हुने गरेको स्थानीयहरु बताउँछन् । वर्षात्को समयमा आम नागरिकरुलाइ सडक सञ्जाल संग जोड्न खनिएका अन्य ठाउँका कच्ची सडकहरुमा पनि सवारी साधन सञ्चालन हुने अवस्था छैन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.