गोकुलेश्वर । दुहु कांग्रेशले गाउँपालिका अध्यक्ष लाई बुझायो ७ बुदे माग सहित ज्ञापन पत्र बुझाएको छ । “देश एकात्कमक संरचनाबाट संघात्मक संरचनामा प्रवेश गरे पश्चात नेपालको संबिधान ०७२ अनुसार संरचित स्थानिय तहको दोस्रो निर्वाचन पनि सम्पन्न भईसकेको छ । गाउँपालिकाको आवश्यक्ता, प्रचलित कानुन तथा स्थानिय सरकारको कार्यबिधि अनुसार करार सेवामा नियुक्त अति आवश्यकिय सेवाका कर्मचारीलाई राजनैतिक प्रतिशोध स्वरुप अवकास गर्ने, स्वास्थ्य, शिक्षा, प्रबिधिक पदको परिक्षा अप्राबिधिक ब्यक्तिबाट लिने आवश्यक्ता नभएको पद सृजना गरी बिज्ञापन गर्ने जस्ता पुर्वाग्राही जनबिरोधि निर्णयहरुप्रति नेपाली कांग्रेश दुहुको गम्भिर ध्यानआर्कषण भएको छ” ज्ञापन पत्रमा भनिएको छ ।

७ बुदे मागहरु के के हुन् ?
१–दुहु गाउँ कार्य पालिकाको करार कर्मचारीहरुको म्याद थप नगर्ने भनि गरिएको निर्णय खारेज गर्ने
२–मिति २०७९ जेठ १९ गते गरिएको बिज्ञापन सम्वन्धमा सार्वजनिक रुपमा गम्भिर प्रश्न उठेको तथा न्यायीक समितीमा उजुरी समेत परेको हुँदा सो बिज्ञापन खारेज गर्ने
३–बिगत सरकारद्धारा संचालित उपाध्यक्ष स्वरोजगार, दलित आवासआत्मनिर्भर नानी लगायतका कार्यक्रमहरु निरन्तर गर्ने र बिगतमा सम्पन्न कामको भुक्तानी दिने
४–स्थापना भएका सामुदायीक स्वास्थ्य ईकाईमा कार्यरत कर्मचारीहरुलाई काममा खटाई सेवा निरन्तर दिने
५–बिघद्दालयमा कार्यरत कर्मचारीहरुलाई आतंकित बनाउने कार्य बन्द गर्ने
६–बिपतमा परेका परिवारलाई गाउँपालिकाले गरेको निर्णय अनुसार राहत उपलब्द गराउने
७–गाउँपालिकाको सार्वजनिक सेवाको लागी जग्गा दानपत्र गर्ने कर्मचारीको यथासिग्र रुपमा म्याद थप गरियोस्
यदि यी ७ बुदे मागहरु पुरा नभए वा बेवास्ता गरिएमा दुहँु बासी जनताको राय र सर्मथनमा कडा संघर्षका कार्यक्रमहरु गरिने समेत ज्ञापन पत्रमा उल्लेख छ ।



